कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त
वि.सं.२०८१ भदौ ३० आइतवार १२:१२
2.67K
shares
shares

काठमाडौं, ३० भदौ । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त भएकी छिन् ।
कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा सिता घिमिरेलाई नियुक्त गरेको हो ।
बैंकले भदौ ३० गतेदेखि लागू हुने गरी उनीलाई आगामी चार वर्ष अवधिको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ । उनीसँग वित्तीय क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।















