सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ असोज ७ सोमवार १४:०९
shares

काठमाडौं,७ असोेज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४० हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक शेयर धनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौँको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिमा कुनैपनि आवेदन प्राप्त नभएको खण्डमा अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

















