Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

4.21K
shares

काठमाडौं, ८ असोज । मंगलबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शेयर बजार ५८.९३ अंकले घटेर २,४७० को विन्दुमा कायम भएको छ ।

भारी गिरावट आएको शेयर बजारमा हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले १०.१० प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन नेपाल फाइनान्सका लगानीकर्ताले को ८.७४ प्रतिशतका दरले गुमाएका छन् भने बुद्धभूमि हाईड्रोपावरका लगानीकर्ताले ७.९६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी स्वीटगंगा हाईड्रोपावरका ७.६२ प्रतिशतका दरले गुमाएका छन् भने एनआईसी एशिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले ७.५५ प्रतिशतका दरले गुमाएका छन् ।