आइएमई जनरल इन्स्योरेन्सको ४६ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ जेठ २४ मंगलवार १४:३३
shares

काठमाडौं, २४ जेठ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।
कम्पनीले बिक्री गरेको चुक्ता पूँजीको ४० प्रतिशत बराबरको हकप्रद शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको आइएमई जनरल इन्स्योरेन्सको उक्त हकप्रद बुकक्लोजको अघिल्लो दिनसम्म कायम कम्पनीका लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीद बिक्री गर्न सक्नेछन् ।
आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ गते देखि चैत १३ गतेसम्म बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत चुक्ता पूँजीको ४० प्रतिशत (१० कित्ता शेयर बराबर नयाँ ४ कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । हकप्रदमा माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका शेयर धनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने व्यवस्था थियो ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।
इन्स्योरेन्सको हाल चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद निष्काशनपछि १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ ।

















