Dhulikhel Eco Banner new

म्याद गुज्रेको अचार बिक्री गरेको भेटेपछि याक एण्ड यति होटललाई तीन लाख जरिवाना

2.47K
shares

काठमाडौं ,२१ असोज । म्याद गुज्रेको अचार बिक्री गरेको भेटिएपछि याक एण्ड यति होटललाई तीन लाख जरिवाना तिराएको छ ।

आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा म्याद नाघेका अचार बिक्री गरेको भेटिएपछि विभागले होटललाई ३ लाख रुपैयाा जरिवाना तिराएको हो ।

आइतबार विभागको बजार अनुगमन टोलीले काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा म्याद नाघेका अचार बिक्री गरिरहेको फेला पारेको थियो ।

जल्पेनो र स्लाइस्ड नामक अचारको म्याद गुजिएको फेला परेपछि जरिवाना गरिएको विभागले जनाएको छ ।