Dhulikhel Eco Banner new

प्रभु समुहद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाखको सहयोग

2.73K
shares

काठमाडौं, २१ असोज । प्रभु समुह अन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्सुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख रकम सहयोग स्वरुप प्रदान गरेको छ ।

यही असोज दोस्रो हप्तामा देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको परीप्रेक्षमा राष्ट्रिय विपदको यस दुःखद घडीमा पीडित एवम् प्रभावित परीवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पिडीतहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले रकम सहयोग स्वरुप प्रदान गरेको हो ।

सोमबार एक कार्यक्रमका बीच प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरीप्रधानमन्त्री के.पीे. शर्मा ओलीलाई एक करोड पचहत्तर लाखको चेक हस्तान्तरण गरेकोे जनाएको छ ।

प्रभु समुह अन्र्तगतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समुहले गरेको छ ।

साथै प्रभु समुह बाढी तथा पहिरोबाट घाइते नागरीकहरुको सिध्र स्वास्थलाभको कामना र मृतकजन प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गरेको छ ।