सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ कात्तिक १३ मंगलवार ११:४७
2.76K
shares
shares

काठमाडौं, १३ कात्तिक । स्थानीय बजारमा मंगलबार सुनको मूल्य उच्च अंकले बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा १ लाख ६७ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार १ हजार ५ सयले बढेर तोलामा १ लाख ६८ हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ । सोमबार तोलामा २ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर २ हजार १०५ रुपैयाँमा कायम भएको छ ।



















