Dhulikhel Eco Banner new

ह्वाइट लोटस पावरले आईपीओ निष्काशन गर्ने

5.59K
shares

काठमाडौं), १९ कात्तिक । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ ।

ह्वाइट लोटस पावरले जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मुल्य रु १०० दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीको चौथो वार्षिक साधारण सभा मंसिर ११ गते काठमाडौंको थापाथलीमा रहेको शिखर बिज सेन्टरमा दिनको ४ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने, सहायक कम्पनी र अन्य परियोजनामा लगानी गर्ने ,स्वतन्त्र सञ्चालकसहित सञ्चालक नियुक्ती गर्ने लगायतका अन्य विविध प्रस्तावहरु पारित गरिनेछ ।