Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकको क्रमिक बचत खाता सार्वजनिक

6.08K
shares

काठमाडौं, २५ जेठ । महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । जसमा एक हजारमै मुद्दतीको व्याजदर पाईने बैंकले जनाएको छ ।

आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको बैंकले जानकारी दिएको छ ।

उक्त खातामा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सँवामा गाभि एकमुष्ठ रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ । ग्राहकहरुले ५ बर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्ने बैंकको भनाई रहेको छ ।

बैंकमा जुनसुकै बचत खाता खोलेका उक्त खाता खोल्न सक्ने बैंकको भनाई छ ।

बैंकको १०३ शाखा करिब ६ लाख गहक रहेका छन् ।