सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ मंसिर ५ बुधवार ०९:४९
2.99K
shares
shares

काठमाडौं, ५ मंसिर । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीका संस्थापक शेयरधनी रमेश चोखानील आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार कम्पनीले २७ हजार ३२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले किन्न चाहेको शेयर संख्या र रकम समेत खुलाई ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र कम्पनीको कार्यालयमा पेश गर्नु पर्नेछ।
















