Dhulikhel Eco Banner new

भन्सार छलीको आशंकामा ७७५ विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

884
shares

काठमाडौं, २१ जेठ । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङ्को कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।

भन्सार छली गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गए राति सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको हो । गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसैगरी, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका गाडीहरु आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्रका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक बिष्णु प्रसाद भट्टले बताए ।