Dhulikhel Eco Banner new

माउन्ट एभरेष्ट पावरको आईपीओ असार ३ देखि : १४ लाख २७ हजार कित्ता सर्वसाधारणका लागि

न्यूनतम १० कित्ता, अधिकतम १० हजार कित्ता; बन्द हुने मिति असार ८–१७

884
shares

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट सकिसकेपछि अब असार ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ खुलाउने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल रकम १४ करोड २७ लाख ६० हजार रुपैयाँ हुन आउँछ। लगानीकर्ताले न्यूनतम १० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा असार ८ र ढिलोमा असार १७ गते बन्द हुनेछ।

कम्पनीले सञ्चालन गरेको दुधकुण्ड खोला १२ मेगावाट जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोडभन्दा बढी रहेको छ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ इस्यूअर रेटिङ दिएको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्दछ। आवेदन आस्बा सदस्य बैंक वा मेरो शेयर अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।