Dhulikhel Eco Banner new

इरानमाथि ट्रम्पको युद्ध शक्ति रोक्ने प्रस्ताव अमेरिकी प्रतिनिधिसभाबाट पारित

चार रिपब्लिकन डेमोक्र्याटतिर, सिनेटको अनुमोदन र ट्रम्पको भिटो अझै बाँकी

390
shares

अमेरिकी कंग्रेसको तल्लो सदन (प्रतिनिधिसभा) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि सैन्य कारबाही गर्नबाट रोक्ने प्रस्ताव २१५ विरुद्ध २०८ मतले पारित गरेको छ। चार रिपब्लिकन सांसद डेमोक्र्याटको पक्षमा लागेपछि यो सम्भव भएको हो।

यो चौथो पटक हो जब सदनले ट्रम्पको युद्ध अधिकार सीमित गर्ने प्रयास गरेको छ। अमेरिकाले यही फेब्रुअरीमा इरानविरुद्ध युद्ध सुरु गरेयता आलोचकहरूले ट्रम्पले कंग्रेसको स्वीकृतिबिनै यो अधिकार प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।

प्रस्ताव अझै रिपब्लिकन-नियन्त्रित सिनेटबाट पारित हुन बाँकी छ। सिनेटबाट पास भए पनि ट्रम्पले भिटो गर्न सक्ने र त्यसलाई उल्टाउन दुवै सदनमा दुई-तिहाइ बहुमत चाहिने भएकाले प्रस्तावको व्यावहारिक प्रभाव सीमित रहने विश्लेषकहरूको भनाइ छ।