Dhulikhel Eco Banner new

पश्चिमी वायुको प्रभाव : हिमाल–पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा तातो दिन

676
shares

नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले आज देशभर मिश्रित मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

दिउँसो लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात पर्न सक्ने छ। मधेश प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशको तराईमा भने तातो र उमेभरी दिन हुने अनुमान छ।

आज राती कोशी र मधेश प्रदेशका हिमाली भूभागमा बादल, पहाडमा आंशिक बादल र बाँकी तराईमा सफा रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एकाध स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।