शेयर बजारमा आज यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ मंसिर ६ बिहीवार १५:१५
shares

काठमाडौं, ६ मंसिर । बिहीबार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३१.३१ अंकले घटेर २,६८० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ र ३ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ८ अर्ब १६ करोडको कारोबार भएको हो ।
राताम्य भएको शेयर बजारमा जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेको छ ।
यसदिन नारायणी विकासका बैंकका लगानीकर्ताले ७.२६ प्रतिशतका दरले गुमाएका छन् भने सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले ७.१४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ७.०५ प्रतिशतका दरले गुमाएका छन् भने गुरास लघुवित्तका लगानीकर्ताले ६.५५ प्रतिशतका दरले गुमाएका छन् ।



















