Dhulikhel Eco Banner new

राष्ट्र बैंकका कार्यकारी निर्देशकको अवकाश

2.6K
shares

काठमाडौं, ६ मंसिर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालको अवकाश भएको छ । ढकालले उमेर हदका कारण आजदेखि अवकाश पाएका छन् । उनि बिहीबारदेखि लागू हुनेगरी अनिवार्य अवकाशमा गएका हुन् ।

उनि अवकाशको एक महिना अघिदेखि बिदामा बस्ने व्यवस्था भएता पनि एक महिनाअघि देखि नै जिम्मेवारीबाट अलग भएका थिए ।

राष्ट्र बैंकमा रहँदा उनले नियमन, सुपरिवेक्षण, भुक्तानी प्रणाली लगायत महत्त्वपूर्ण विभागका साथै प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए ।