Dhulikhel Eco Banner new

लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनुपर्छ ?

2.81K
shares

काठमाडौं, १४ मंसिर ।  केटिएम भ्वाइसको नियमित श्रङ्खला वित्तीय साक्षरतामा यो पटक लगानीका विषयमा कुरा गर्दैछौँ । लगानी के हो ? लगानी गर्दा कुन कुन आधारमा पुँजी थपघट गर्न सकिन्छ यो विषयमा चर्चा गर्दैछौँ ।

थोरै थोरै गरेर जम्मा गरेको बचतलाई कुनै एक निश्चित अवधिपछि खर्च गर्नुपर्ने हुन सक्छ । लगानी भन्नाले आफूले जम्मा गरेको रकम कुनै उत्पादनमूलक क्षेत्रमा भविष्यमा नाफा बढाउने उद्देश्यले गरिने खर्च हो ।

हामीले खर्च कटाएर बचेको आम्दानीलाई सबैभन्दा बढी ब्याज आउने ठाउँमा बचत गर्नु वा राम्रो प्रतिफल आउने क्षेत्रहरूमा लगाउनु पर्दछ । सबै लगानी एकभन्दा बढी क्षेत्रमा लगानी गर्दा लगानीको विविधिकरण हुन गई जोखिम पनि कम हुन्छ । यो नै लगानीको सफल उदाहरण हो ।

लगानीकोलक्ष्य एक पटक नियमित रूपमा बचत गर्ने गरेपछि त्यो पैसालाई कहाँ लगानी गर्ने भन्ने सोच्नुपर्छ ।

आफ्नो लगानीको लक्ष्य बनाउनुपूर्व निम्न कुराहरूमा ध्यान दिनुपर्छ :

आफ्नो वित्तीय लक्ष्य के हो ?
लगानी गर्नुपर्ने कारण के हो ?
आफ्नो लक्ष्य पूरा गर्न कति बचत र लगानी गर्नु पर्दछ ?
आफ्नो लक्ष्य पूरा गर्न कति मात्रामा जोखिम बहन गर्न सकिन्छ ?
आफ्नो लगानीबाट कति प्रतिफल आशा गरिएको छ ?
आफ्नो लक्ष्य पूरा गर्न लगानी गर्दा खर्च गर्ने शैली परिवर्तन गर्न सकिन्छ ?
लगानीको लागि चाहना र दृढ इच्छाशक्ति चाहिन्छ ।

लगानी गर्ने निर्णय गर्नुअघि उपर्युक्त कुराहरूमा राम्रो विश्लेषण गरेर लगानी गर्दा भविष्यमा ठूलो जोखिममा पर्नु पर्दैन । साथै, लगानीबाट प्रतिफल समेत राम्रो आउँछ ।

लगानीको प्रकार :
लगानी गर्दा दुईवटा तरिकाले पूँजी थपघट गर्न सकिन्छ :

(क)  स्थायी पूँजी – घरजग्गा किन्न र उपकरण किन्न ।
(ख)  चालु पूँजी – प्रत्येक दिन व्यापार व्यवसाय सञ्चालन गर्न ।