चार महिनामा १४ करोड ३७ लाख ५० हजार कुखुराको चल्ला आयात
वि.सं.२०८१ मंसिर १६ आइतवार ११:३५
shares

काठमाडौं, १६ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा विभिन्न मुलुकबाट १४ करोड ३७ लाख ५० हजार कुखुराको चल्ला आयात भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्मको अवधिमा १४ करोड ३७ लाख ५० हजार रुपैयाँको १८५ ग्राम तौलका चल्ला १ लाख ४७ हजार २३७ वटा चल्ला आयात गरिएको भन्सार विभागले जनाएको हो ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आयात भएको छ । अमेरिकाबाट पाँच करोड ६८ लाख १२ हजार रुपैयाँको ५६ हजार ६०८ चल्ला आयात भएको उल्लेख छ ।
दोस्रोमा स्पेनबाट दुई करोड ८३ लाख ३७ हजार रुपैयाँको १५ हजार ६८० वटा, तेस्रोमा एक करोड ९९ लाख ४९ हजार रुपैयाँको १४ हजार ७२८ वटा फ्रान्सबाट आयात भएको छ ।
यसैगरी भारतबाट एक करोड ९७ लाख ३० हजार रुपैयाँको ३६ हजार ३५८ वटा र मलेसियाबाट एक करोड ८९ लाख २२ हजार रुपैयाँको २३ हजार ८६३ वटा चल्ला आयात भएको छ ।









