Dhulikhel Eco Banner new

६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई आग्रह

2.43K
shares

काठमाडौं, १६ मंसिर । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेश भित्रका ६७ वटा सहकारी संस्थाका सञ्चालकलाई कारबाही गर्न प्रहरीलाई आग्रह गरेको छ ।

बचतकर्ताको रकम फिर्ता नगर्ने र सम्पर्कमा नआउने सहकारी संस्थाका सञ्चालकहरूलाई कारबाही गर्न यो कदम उठाइएको हो।

बागमती प्रदेश सरकारले दुई सहकारी संस्थालाई समस्याग्रस्तको सूचीमा राखेको छ। मन्त्रालयका अनुसार काठमाडौंको सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ र कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको हो।

दर्शन सहकारीलाई कात्तिक १२ गते र सिभिल सेभिङलाई २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरिएको हो।