Dhulikhel Eco Banner new

लक्ष्मी सनराईज क्यापिटलको १४औं वार्षिक साधारण सभा सम्पन्न

3.06K
shares

काठमाडौं, १६ मंसिर ।  लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतबारका लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सभा सम्पन्न भएको छ ।

 लक्ष्मी क्यापिटल मार्केट र सन्राईज क्यापिटल एक आपसमा गाभिई मिति २०८० पौष २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी ४८ करोड ८ लाख कायम भएको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८१/०८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा निर्णय गरिएको संस्थाले जनाएको छ ।

साथै, मर्जर पश्चात आ.व. २०८०/०८१ को एकीकृत वासलात बमोजिम प्रति शेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीहरुलाई १५.७९ प्रतिशत  मध्येबाट आफ्ना शेयरधनीहरुलाई ७ करोड ७१ लाख ९४ हजार ७३६.८० (१५ % कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको संस्थाले जनाएको छ ।

तीन दशक भन्दा अधिक समयदेखि मर्चेण्ट बैंकिङ्ग सेवामा सकृयताका साथ संलग्न रहेको यस कम्पनीले हाल सम्म सबै भन्दा बढी संस्थाहरुको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको छ ।

हाल २० वटा कम्पनीहरुको शेयर निष्काशनको क्रममा रहेको छ । कम्पनीले करिब २५० जना ग्राहकहरुको ७० करोड भन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आईरहेकोे छ र कम्पनीले करिव ३.५० लाख निक्षेप सदस्यहरुको डिम्याट खाता खोल्न सफल भएको छ ।