शेयर बजारमा यी कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ मंसिर २० बिहीवार १५:२९
shares

काठमाडौं, २० मंसिर । साताको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ । शेयर बजार १५.९३ अंकले घटेर २,७३४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ८ अर्ब ३६ करोडको कारोबार भएको हो ।
राताम्य भएको शेयर बजारमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.३७ प्रतिशतको दरले घटेको छ ।
यसदिन नेपाल फाइनान्सका लगानीकर्ताले ७.१५ प्रतिशतका दरले गुमाएका छन् भने गुरास लघुवित्तका लगानीकर्ताले ६.५२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी तारागाउ रिजेन्सी होटलका लगानीकर्ताले ६.१० प्रतिशतका दरले गुमाएका छन् भने इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका छन् ।















