Dhulikhel Eco Banner new

शेयर बजारमा यी कम्पनीले कमाए सर्वाधिक

2.3K
shares

काठमाडौं, २० मंसिर । साताको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ । शेयर बजार १५.९३ अंकले घटेर २,७३४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ८ अर्ब ३६ करोडको कारोबार भएको हो ।

शेयर बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

यसदिन सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् भने मानुषी लघुवित्तका लगानीकर्ताले ९.८१ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।

त्यसैगरी लाईफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले ७.९९प्रतिशतका दरले सर्वाधिक कमाएका छन् भने केबिएल डिबेन्चरका लगानीकर्ताले ६.११ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।