Dhulikhel Eco Banner new

मिथिला लघुवित्तको लाभांश घोषणा

2.93K
shares

काठमाडौं, २१ मंसिर । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १९ करोड ६० लाख २ हजार ७५५.५६ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने २ करोड ९४ लाख ४१३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा १४.२९ प्रतिशतले हुन आउने २ करोड ८० लाख ३९३.६५ रुपैयाँ र कर प्रयोजनार्थ ०.७१ प्रतिशतले हुन आउने १४ लाख १९.६८ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।