दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४५
shares

काठमाडौं, २३ मंसिर । झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति दिएको छ । अदालतले उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
दुर्गा प्रसाईंमाथि व्यवसायीलाई धम्क्याएर चन्दा असुलीको आरोप समेत लागेको छ । अहिले साइबर ब्यूरोले भने प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अभिव्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।

















