१ लाख १५ हजार ३१२ मेट्रिक टन रासायनिक मल मौज्दात
वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४८
shares

काठमाडौं, २३ मंसिर । कृषि तथा पशुपन्छी मन्त्रालयसँग १ लाख १५ हजार ३१२ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।
मन्त्रालयले पछिल्लो रासायनिक मलको मौज्दात विवरण सार्वजनिक गर्दै १ लाख १५ हजार ३१२ मेट्रिक टन मल मेट्रिक टन रासायनिक मल रहेको जनाएको हो ।
सो मलमध्ये युरिया ७८ हजार ८ सय २२ मेट्रिक टन मल छ भने डीएपी २९ हजार ५२२ मेट्रिक टन मौज्दात छ । त्यस्तै पोटास रासायनिक मल ६ हजार ९६७ मेट्रिक टन मौज्दात रहेको छ ।

















