Dhulikhel Eco Banner new

धनुषा २ : तिनकौरियामा विभिन्न पार्टी परित्याग गरि ५०० जना एमालेमा प्रवेश

2.37K
shares

काठमाडौं, २६ मंसिर । धनुषा निर्वाचन क्षेत्र नं. २ मा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश भएकालाई नेताहरुले स्वागत गरेका छन् । विदेह नगरपालिका वडा नं. ६ तिनकौरिया चोकमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरियाको प्रमुख अतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी (केन्द्र) का नगर अध्यक्ष एवम वडा नं. ६ का वडा अध्यक्ष जयराम मण्डल एमाले प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि ५०० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरिया, बिशिस्ट अतिथि केन्द्रिय सदस्य सन्जिब झा सुरज, सबिता यादव, प्रदेश कमिटी सदस्य सुशील दास, बैधनाथ मण्डल, पाण्डव मल्लिक, देवकृष्ण मण्डल, क्षेत्रीय अध्यक्ष जयप्रकाश सुनरैत, जिल्ला कमिटी सदस्य, क्षेत्र कमिटी, विदेह नगरपालिका उपप्रमुख आशा देवी झा, विदेह नगरपालिका इन्चार्ज राजकिशोर मण्डल, नगर कमिटी, विदेहनगर १ का वडा अध्यक्ष संजय पाण्डे, वडा कमिटी तथा अगुवा नेताकार्यकर्ता लगायतको विशेष उपस्थिति रहेको थियो ।