Dhulikhel Eco Banner new

उद्योग वाणिज्य महासंघमा फेरि प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने

2.51K
shares

काठमाडौं, २६ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघमा अब अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ । मंगलबार बसेको महासंघको विशेष साधारणसभाले यस सम्बन्धी निर्णय गर्दै आगामी अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था मिलाएको हो।

संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाइएको छ। यद्यपि, हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ भने स्वतः अध्यक्ष बन्नेछन्। उनीपछिका अध्यक्ष भने प्रत्यक्ष चुनावमार्फत चयन हुनेछन्। अब वरिष्ठ उपाध्यक्ष पनि कार्यसमितिबाट चयन गरिने व्यवस्था गरिएको छ।

महासंघको अध्यक्षको कार्यकाल दुई वर्षको हुने निर्णय गरिएको छ। हालका अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाल समाप्त भएपछि नयाँ कार्यकाल लागू हुनेछ।