Dhulikhel Eco Banner new

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

2.76K
shares

काठमाडौं, २७ मंसिर । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले बैंकको नै अन्य विद्यमान संस्थापक शेयरधनीले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य लगायतको जानकारी भने खुलाएको छैन। यद्यपि बिक्री गर्ने संस्थापकको नाम, शेयर संख्या र मूल्य लगायतको जानकारीका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न भनिएको छ।

यो शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।