Dhulikhel Eco Banner new

शेयर  बजारमा दोहोरो अंकले गिरावट, १७२ कम्पनीको शेयर मूल्य घट्यो

3.37K
shares

काठमाडौं, १४ पुस । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २१.१२ अंकले बढेर २,६०९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ४७ करोडको कारोबार भएको हो ।

दोहारो अंकले घटेको शेयर बजारमा महिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन शेयर बजारमा सर्पोट माइक्रोफाइनान्स, नारायणी विकास बैंक, सप्तकोशी विकास, जानकी फाइनान्स र सिन्धु विकास बैंका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।