Dhulikhel Eco Banner new

युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

3.03K
shares

काठमाडौं, १८ पुस । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको ३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक हजार रुपैयाँ तोकिएको छ भने खरिदका लागि आवेदन दिँदा घटीमा १०० कित्ता शेयर खरिद गर्नु पर्नेछ। उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्।

इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई शिलबन्दी निवेदन दिनु पर्नेछ। निवेदन संस्थाको केन्द्रीय कार्यालय कोहलपुर नगरपालिका–११, बाँकेमा बुझाउनु पर्नेछ।