Dhulikhel Eco Banner new

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

3.13K
shares

काठमाडौं, १८ पुस । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा १ लाख ५१ हजारमा कारोबार भएको सुनको मूल्य बिहीबार ५ सयले बढेर तोलामा १ लाख ५१ हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाले बढेको छ । बुधबार तोलामा १ हजार ७६५ मा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ७९० मा कायम भएको छ ।