Dhulikhel Eco Banner new

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

3.86K
shares

काठमाडौं, २१ पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइतबार देखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको हो। यसबाट कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ संकलन गर्नेछ।

आईपीओ खरिदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यसमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ। तर उक्त अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन प्रक्रिया माघ १० गतेसम्म लम्बिनेछ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ कराड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो।

जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बरारबको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड भइसकेको छ। त्यस्तै ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरो शेयर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन्।