Dhulikhel Eco Banner new

सामसङको ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वासिङ मसिन नेपालमा

2.77K
shares

काठमाडौं, २१ पुस । सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वासिङ मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार स्मार्टथिंगस् एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ। यसका साथै तपाईँको धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन् सुविधाले तपाईँको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउँछ। यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ।

यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई वृद्धि गरी गहिराइलाई ६०० एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ। यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाइलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको जनाएको छ।

कम्पनीका अनुसार १२ केजी लाइनअप दुई वटा फरक मोडलहरूमा उपलब्ध छ ( डायल कन्ट्रोल भएको र एलईडी डिस्प्ले भएकोयी दुवै मोडलहरूको मूल्य क्रमशः १ लाख १४ हजार ९९० र १ लाख २० हजार ९९० रहेको छ। यस वासिङमसिनलाई सामसङ कन्ज्युमर इलेकट्रोनिक्सको आधिकारिक वितरक हिम इलेकट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ ।