भेडालाई तीन वर्षको जेल सजाय
वि.सं.२०७९ जेठ २८ शनिवार १३:२८
shares

काठमाडौं, २८ जेठ । जनावरहरुलाई हानी पुर्याएको भन्दै मानिसहरुले सजाय पाएको केस त तपाइले सुन्दै आउनु भएको छ होला । तर मानिसलाई हानी पुर्याएको भनेर कुनै जनावरलाई सजाय दिइएको विरलै सुन्नु भएको होला । तर हालै मात्र दक्षिण सुडानमा एक भेडालाई महिलाको मृत्युको कारण ठहर गर्दै ३ वर्ष जेल सजाय सुनाइएको छ ।
अन्तर्राष्टिय संचार माध्यले जनाए अनुसार दक्षिण सुडानको रुबेक इस्ट नामक क्षेत्रमा एक भेडाले ४० वर्षिया महिला एन्डियु चेपिङ नामक महिलालाई हमला गरेको थियो ।
भेडाको हमलाबाट गम्भीर घाइते भएकी एन्डियुको उपचारको क्रममा मृत्यु समेत भयो । सोही घटनामा दोषी ठहर गर्दै त्यहाँको अदालतले भेडालाई ३ वर्षको जेल सजाय सुनाएको हो । अदालतका अनुसार अब उक्त भेडालाई ३ वर्ष सम्म मिलिट्री क्याम्पमा राखिने छ ।
भेडा मालिकलाई भने अदालतले दोषी ठहर गरेको छैन तर मृतकको परिवारलाई ५ वटा गाई दिने निर्णय भने सुनाएको छ । अदालतको यो आदेशलाई दक्षिण सुडानमा रगत क्षतिपूर्ति पनि भनिन्छ । दक्षिण सुडानको कानुन बमोजिम भेडाले सजाय काटेर आएपछि सो भेडा पीडित परिवारलाई दिइनेछ ।



















