Dhulikhel Eco Banner new

बैंकिङ प्रणालीबाट ८० अर्ब तरलता तान्दै राष्ट्र बैंक

2.25K
shares

काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार ८० अर्ब तरलता तान्ने भएको छ । अधिक तरलता देखिएपछि अल्पकालीन तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गरी राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो २ बजेबाट बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ । संकलित निक्षेपको परिपक्वता वा सावाँ ब्याज भुक्तानी अवधि माघ ९ गतेसम्म रहनेछ । यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार इच्छुक आवेदकले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी सम्पूर्ण रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।