शेयर बजारमा सामान्य अंकले वृद्धि, बढ्यो कारोबार रकम
वि.सं.२०८१ पुस २४ बुधवार १५:०५
shares

काठमाडौं, २४ पुस । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.५३ अंकले बढेर २,६५३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४० कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब ४० करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा समृद्धि फइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।















