माघका लागि अधिकांश बैंकको निक्षेपको ब्याजदर यथावत, हेर्नुस् कुन बैंकको कति ?
वि.सं.२०८१ पुस २९ सोमवार १२:०९
shares

काठमाडौं, २९ पुस । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले माघ १ गतेदेखि लागू हुने ब्याजदर सार्वजनिक गरेका छन्।
वाणिज्य बैंकहरुमध्ये १७ वाणिज्य बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वटाले ब्याजदर घटाएका छन् भने एक बैंकले ब्याजदर बढाएको छ ।
ब्याजदर बढाउनेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यस बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.७५ र संस्थागतमा ४.५ तोकेको छ । पुस महिनामा यस बैंकको ब्याजदर व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ कायम थियो ।
ब्याजदर घटाउनेमा कृषि विकास बैंक र नेपाल एसबिआइ बैंक रहेका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.५१ र संस्थागतमा ३.२५ तोकेको छ । बैंकको यस्तो ब्याजदर व्यक्तिगतमा ५.५७ र संस्थागतमा ३.२५ थियो । नेपाल एसबिआइ बैंकले व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ ब्याजदर तोकेको छ ।
हेर्नुस कुन बैंकको कति ब्याजदर :
| बैंक | पुसको ब्याजदर प्रतिशतमा | माघको ब्याजदर प्रतिशतमा |
| लक्ष्मी सनराइज | ५.५ | ५.७५ |
| एनएमबी | ६.६ | ६.६ |
| ग्लोबल आईएमई | ५.७५ | ५.७५ |
| प्राइम | ६.२५ | ६.२५ |
| स्टाण्डर्ड चार्टर्ड | ६.२५ | ६.२५ |
| नविल | ५.७५ | ५.७५ |
| माछापुच्छ्रे | ६ | ६ |
| एनआइसी एशिया | ६.६ | ६.६ |
| सिटिजन्स | ६.६ | ६.६ |
| कुमारी | ५.९१ | ५.९१ |
| नेपाल | ५.६ | ५.६ |
| सिद्धार्थ | ६ | ६ |
| इन्भेष्टमेन्ट मेगा | ६.५ | ६.५ |
| हिमालयन | ६.२५ | ६.२५ |
| प्रभु | ६.१ | ६.१ |
| सानिमा | ६.०५ | ६.०५ |
| एभरेष्ट | ६ | ६ |
| राष्ट्रिय वाणिज्य | ६ | ६ |
| एसबिआई | ६ | ५.५ |
| कृषि विकास | ५.५७ | ५.५१ |


















