प्रतितोला ४ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ २ बुधवार १०:५१
3.55K
shares
shares

काठमाडौं, २ माघ । स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा १ लाख ५५ हजारमा कारोबार भएको सुनको मूल्य बुधबार ४ सयले बढेर तोलामा १ लाख ५५ हजार ४ सयमा कायम भएको हो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८३० रुपैयाँमा कायम भएको छ ।

















