Dhulikhel Eco Banner new

प्रतिकित्ता १०७ रुपैयाँमा प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा

3.42K
shares

काठमाडौं, १३ माघ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले संस्थापक समूहको ५ लाख ५ हजार १८६ कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले विद्यमान संस्थापक, योग्य व्यक्ति तथा कम्पनीका साथै संघसंस्थाहरूले समेत किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०७ रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्ने बैंकले जनाएको छ।

इच्छुक लगानीकर्ताले आज माघ १३ गतेदेखि २० गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।