Dhulikhel Eco Banner new

 गौर भन्सारले ६ महिनामा उठायो १४ करोड राजस्व संकलन

2.94K
shares

काठमाडौं, १३ माघ । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको छ ।

कार्यालयले साउनदेखि पुससम्म १४ करोड ६७ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिए ।

भन्सार विभागले आव २०८१/८२ का लागि ३५ करोड ४३ लाख ७८ हजार राजस्व संकलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा १४ करोड ६७ लाख ५५ हजार संकलन गरेको उउने बताए ।

साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन भएको प्रमुख सिंहले जानकारी दिए ।
भन्सार प्रमुख सिंहका अनुसार ६ महिनामा सबैभन्दा बढी पुसमा ३ करोड ४७ लाख १४ हजार रुपैयाँ संकलन भएको छ ।

यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व संकलन भएको उनको भनाइ छ । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको उनले बताए ।

यसैबीच रौतहट प्रहरीले गत साउनयता दुई करोड ४२ लाख ७७ हजार चार सय ४३ बराबरको सीमा क्षेत्रबाट चोरी निकासीका सामान बरामद गरी गौर भन्सारमा बुझाएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिए ।

त्यस अवधिमा अवैध सामान ओसारपसार गर्ने ६६ जना, एक सय आठवटा मोटरसाइकल, दुई थान पिकअप भ्यान, दुई थान स्कारपियो गाडी, १४ वटा साइकल र चारवटा सिटीरिक्सा बरामद गरी भन्सार कार्यालयलाई बुझाएको उनले जानकारी दिए ।

सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ६८ लाख २४ हजार पाँच सय राजस्व संकलन गरेको उपरीक्षक घिमिरेले जानकारी दिए ।