Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.16K
shares

काठमाडौं, १४ माघ । स्थानीय बजारमा सोमवार सुनको मूल्य  घटेको छ । सुनको मूल्य प्रतितोला ३ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार तोलामा १ लाख ६० हजार ४ सयमा कारोबार भएको सुनको मूल्य सोमवार ३ सयले घटेर तोलामा १ लाख ६० हजार १ सयमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । आइतवार तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार घटेर १ हजार ८५० रुपैयाँमा कायम भएको छ ।