Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ४ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.85K
shares

काठमाडौं, १६ माघ । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार तोलामा १ लाख ५९ हजार २ सयमा कारोबार भएको सुनको मूल्य बुधवार १ हजार ४ सयले बढेर तोलामा १ लाख ६० हजार ६ सयमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । मंगलवार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर बुधवार तोलामा १ हजार ८५५ रुपैयाँमा कायम भएको छ ।