शेयर बजारमा १२२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ माघ २३ बुधवार १५:२७
shares

काठमाडौं, २३ माघ । बुधवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार ४.४५ अंकले घटेर २,७११ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ९५ करोडको कारोबार भएको हो ।
शेयर बजारमा सामुदायिक लघुवित्त, र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।
यसदिन मध्य भोटेकोशी जलविद्युतका लगानीकर्ताले ५.६० प्रतिशतका दरले गुमाएका छन् भने न्यादी हाइड्रोपावरका लगानीकर्ताले ५.५६ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी ग्रिन विकास बैंकका लगानीकर्ताले ४.८२ प्रतिशतका दरले गुमाएका छन् ।

















