Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकले गिरावट, १६० कम्पनीको शेयर मूल्य घट्यो

1.83K
shares

काठमाडौं, २४ माघ । बिहीवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार ११.६४ अंकले घटेर २,६९९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९ अर्ब २४ करोडको कारोबार भएको हो ।

दोहोरो अकंले घटेको शेयर बजारमा अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा उपकार लघुवित्त र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।