Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकले गिरावट, १६८ कम्पनीको शेयर मूल्य घट्यो

2.68K
shares

काठमाडौं, २७ माघ । आइतवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार ११.४९ अंकले घटेर २,६८८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ३९ करोडको कारोबार भएको हो ।

दोहोरो अकंले घटेको शेयर बजारमा सेन्टल फाइनान्स र गार्डीयन माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ६.५२ प्रतिशतका दरले गुमाएका छन् ।