Dhulikhel Eco Banner new

प्रतितोला ४ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

3.28K
shares

काठमाडौं, २ फागुन । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीवार तोलामा १ लाख ६९ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार ४ सयले बढेर तोलामा १ लाख ७० हजार २ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । बिहीवार तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार बढेर तोलामा १ हजार ९७० रुपैयाँमा कायम भएको छ ।