इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने
वि.सं.२०८१ फागुन ४ आइतवार १०:३७
shares

काठमाडौं, ४ फागुन । इन्फिनिटी लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले ३२ हजार १० कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूका साथै सर्वसाधारणले समेत किन्न पाउने गरी यी शेयर बिक्रीमा राखेको हो।
उक्त शेयरको बिक्री मूल्य प्रचलित नियमानुसार हुने र विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर बिक्रीमा राखिसकिएको समेत कम्पनीले स्पष्ट पारेको छ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू र सर्वसाधारणले आगामी १५ दिनभित्र नवलपरासीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।















