प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा कुनै पनि बन्देज लाग्दैन : सभामुख
वि.सं.२०८१ फागुन २३ शुक्रवार १४:१४
shares

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रताको संरक्षणमा कुनै पनि प्रकारको बन्देज लगाउने काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली भएको धारणा राखे । कुनै पनि कानुनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्न नहुने र प्रेस स्वतन्त्रताप्रति आफु प्रतिवद्ध रहेको उनले बताए ।
उनले विगतका आर्थिक नीतिहरूलाई सुधार गर्दै नयाँ अवसरहरूको खोजीमा सरोकारवाला निकायबीच समन्वय आवश्यक भएकोमा जोड दिए। संसदमा बिचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोप्रति आफु जानकार रहेको भन्दै प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने समेत बताए ।














