Dhulikhel Eco Banner new

मेयर बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

2.47K
shares

काठमाडौं, २८ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिटमा बुधवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायधीशहरूपछि हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको हो।

मेयर बालेनले बलिउड चलचित्र आदिपुरुषू लगायत अन्य हिन्दी फिल्महरूलाई नेपाली हलमा प्रदर्शन नगर्न निर्णय गरेका थिए। यस निर्णयविरुद्ध नेपाल चलचित्र संघले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।

उच्च अदालतले भारतीय चलचित्र तथा सेन्सर बोर्डबाट स्वीकृत चलचित्रलाई रोक्न नपर्ने अन्तरिम आदेश दिएको थियो। तर मेयर शाहले उक्त आदेशको बिरोध गर्दै अदालत र सरकारलाई भारतको गुलाम भएको आरोप लगाएका थिए।

यस टिप्पणीपछि, अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते मेयर शाहविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै रिट दायर गरेकी थिइन्। बुधवारको सुनुवाइको क्रममा उक्त मुद्दामा निर्णय आउनेछ।