दोहोेरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ चैत ४ सोमवार १५:१२
shares

काठमाडौं, ४ चैत । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.१४ अंकले घटेर २,७०४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ५ अर्ब ४० करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा राप्ती हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतका दरले बढेको छ ।
यसदिन सामुदायिक लघुवित्तका लगानीकर्ताले ८.०३ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन विकास बैंकका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, मानुषी लघुवित्तका लगानीकर्ताले ४.१३ प्रतिशतका दरले कमाएका छन् भने इष्टन हाइड्रोपावरका लगानकिर्ताले ३.२६ प्रतिशतका दरले कमाएका छन् ।















